डा.गोविन्द केसीको समर्थनमा जुम्लामा नाङगो जुलुस प्रदर्शन


जुम्ला ,असार १९ । 
चार दिनदेखी  जुम्लामा अनसनरत डा.गोविन्द केसीको समर्थनमा नाङगो जुलुस प्रदर्शन गरिएको छ। चिकित्सक र डा. केसीका शुभचिन्तकले केसीको माग सम्बोधनका लागि राज्यलाई दबाबस्वरुप शरीरमा साङ्लो तथा मुखमा कालोपट्टी बाँधेर नाङ्गो जुलुस प्रदर्शन गरेका हुन्। केसी अनसनरत स्थानबाट सुरु गरिएको नाङ्गो जुलुस स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको स्थानसम्म पुगेको थियो। नाङ्गो जुलुस प्रदर्शन भएपछि आन्दोलनले उग्ररुप लिन सक्ने भन्दै सम्भावित घटनाबाट बच्न प्रहरी परिचालन गरिएको छ।    यस्तै केसीको उपचारमा स्थानीय प्रशासनले सहयोग नगरेको भन्दै उपचारमा खटिएको चिकित्सक टोली पनि फिर्ता भएको छ। केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको र उनको उपचारका लागि तत्काल सुरक्षित स्थानमा  स्थानान्तरण गर्न पटकपटक माग गरेपनि प्रशासनले सहयोग नगरको भन्दै चिकित्सकको टोली फर्किएको हो।
 

प्रतिकृया दिनुहोस

उपचार छोडेर चिकित्सकहरुले स्वास्थ्य संस्थाहरु ठप्प पारे

धनगढी ,भाद्र १७ ।  नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेकको सेवा समेत ठप्प पारिएको छ।डाक्टर तथा

नेपाल चिकित्सक संघद्धारा आन्दोलनको घोषणा

काठमान्डौ, भदौ१६ । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको छ ।  सरकारले ऐन संशोधनको प्रक्रिया अघि नबढाएको र

महन्थ ठाकुरले कैलाली कारागारमा रहेको लक्ष्मण थारुलाई भेटे

धनगढी ,भाद्र ४ ।  राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष महन्थ ठाकुरले  कैलाली कारागारमा रहेको सोही पार्टीका नेता  लक्ष्मण थारुलाई भेटेका छन् ।