सरकारले खटाएका कर्मचारी हाजिर नहुँदा प्रदेशका काम कारबाही प्रभावित

कैलाली , फागुन १  ।
सरकारले खटाएका कर्मचारी समयमै हाजिरी नहुँदा प्रदेशका कामकारबाही प्रभावित भएका छन् । प्रदेश नम्बर ७ मा सरकारले १ सय ५ जना कर्मचारी खटाएको भए पनि अहिलेसम्म ३४ जना मात्र उपस्थित हुँदा प्रदेशका कामकारबाही प्रभावित भएका हुन् । प्रदेश सरकार सञ्चालनका लागि सरकारले २ सय ८७ जना कर्मचारीको अन्तरिम दरबन्दी स्वीकृत गरेर १ सय ५ जनालाई कार्यक्षेत्रमा खटाइसकेको छ । तर प्रदेशसभाको पहिलो बैठक सम्पन्न भएर सभामुख चयन प्रक्रिया शुरु भइसक्दा समेत कर्मचारीहरु अस्थायी राजधानी धनगढीमा पुगेका छैनन् । अन्तरिम दरबन्दीअनुसारका कर्मचारी उपस्थित नभए पनि विभन्नि मन्त्रालयको निर्माण, स्तरोन्नति लगायतका कामले गति लिन नसकेको मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । भौतिक तथा पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा अहिलेसम्म एक जना पनि कर्मचारी नआएको प्रदेश नम्बर ७ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव प्रदीपराज कँडेलले बताउनुभयो । प्रदेश सरकारका ९ वटा अंगमध्ये प्रदेशसभा तथा प्रदेश संसद् सचिवालय, प्रदेश प्रमुखको कार्यालयसहित चार वटा मन्त्रालय सीमित कर्मचारीको भरमा सञ्चालनमा छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय केही कर्मचारीको भरमा सञ्चालनमा रहेको सचिव कँडेलले बताउनुभयो ।

 

 

प्रतिकृया दिनुहोस

नेपाल आमाको मुर्तीले पूर्व र पश्चिमलाई जोड्ने छ -जगतगुरु बालसन्त मोहनशरण देवाचार्य

गेटा ,साउन ३ ।  नेपालको प्रमुख जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले तीन करोड नेपाली जनताले अब  नेपाल आमा ढोग्न सुदूरपश्चिम आउनुपर्ने बताएका छन  

प्रदेश ७ मा आर्थिक वर्ष २०७४÷७५ को झण्डै पौने ४ अर्ब विकास बजेट फ्रिज

कैलाली , साउन ३ । प्रदेश नम्बर ७ मा आर्थिक बर्ष २०७४÷७५ को झण्डै पौने चार अर्ब बजेट फ्रिज गएको छ । विगतका आर्थिक बर्षहरु झै यस बर्ष पनि प्रदेश ७ मा तीन

अटो व्यवसायी आन्दोलित

कञ्चनपुर , साउन ३ । भीमदत्त नगरपालिकाले दोहोरो कर उठाएको भन्दै कञ्चनपुरका अटो व्यवसायी आन्दोलनमा उत्रेका छन् । यातायातमा कर तिर्दै आएकोमा