कैलास मानसरोवर जाने पर्यटकहरुलाई लक्षित गरि बझाङबाट हुम्लाको हिल्सा सम्म हेलिकप्टर उडान हुने

बझाङ ,असार २० । 
कैलास मानसरोवर दर्शन गर्न चाहने पर्यटकहरुलाई लक्षित गर्दै सस्तो खर्चमा अब बझाङबाट हुम्लाको हिल्सा सम्म हेलिकप्टर उडान हुने भएको छ ।

बझाङको तल्कोट गाउँपालिकाको खौलाबाट हिल्सा सम्मको परीक्षण उडान असार २२ गते हुने भएको छ । कैलास सेती टूर्स एण्ड ट्राभल प्रा.लि.ले हेलिकप्टर कम्पनी अल्टिच्युड एयरसँग मिलेर यो सेवा दिन लागेको अध्यक्ष किशोर कुमार सिंहले बताए । उनले भने हिल्सा उडान सुरु भए पछि बझाङको बाटो भएर कैलास मानसरोवर जाने यात्रीहरुले सुबिधा पाउने बताए ।

बझाङ हिल्सा हेलिकप्टर उडानको निरन्तरतासँगै प्रदेश नं ७ मा पर्यटकीय गतिविधि बढ्ने र अहिले नेपालका अन्य नाका प्रयोग गरेर कैलाश दर्शनको लागि जाने भारतीय तथा नेपाली पर्यटकहरु यो नाकामा आकर्षित हुने सिंहको भनाई छ । अहिले वर्षेनी हजारौं भारतीय पर्यटकहरु हुम्ला, दार्चुला र केरुङ हुँदै कैलास मानसरोवर दर्शनमा जाने गर्दछन ।

दूरीका हिसाबले टाढा र हवाई यातायातको प्रयोग गर्नु पर्ने भएकाले समय र खर्चका हिसाबले यि नाकाहरुबाट धेरै पर्यटक भित्रिन नसकेको अध्यक्ष सिंहको भनाई छ । ‘बझाङ सम्म सडक यातायात पुगिसकेको छ’ सिंहले भने, ‘भारतको राजधानी दिल्लीबाट करीब ६ सय किलोमिटरको यात्रामा बझाङ पुग्न सकिन्छ । त्यहाँबाट १८ मिनेटको हेलिकप्टर उडानमा हिल्सा पुगिन्छ ।

सस्तो खर्चमा कैलास यात्रा गर्न चाहाने भारतीयहरुले अब यहीँ बाटो प्रयोग गर्नेछन’ दक्षिण भारतको समुन्द्र सतह नजिकबाट आएका पर्यटकहरु एक्कासी बढी उचाईमा पुग्दा लेक लागेर बिरामी हुने र मृत्यु हुने गरेको भन्दै बझाङको बाटो प्रयोग गर्दा यो समस्या पनि कम हुने बताए ।

कैलास मानसरोवर जाने पर्यटक तथा चीन र नेपालको व्यापारलाई लक्षित गर्दै बझाङको चैनपुर देखि चिनको ताक्लाकोट सम्म पुग्ने चैनपुर ताक्लाकोट सडकको निर्माण कार्य पनि दु्रत गतिमा भैरहेको छ । यही असारमा भएको प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा खाद्यान्न ढुवानी गर्ने प्रयोजनको लागि चीन सरकारले बझाङको सिमाना उरै भञ्जाङ सम्म सडक र्पुयाउने विषय पनि द्विपक्षिय छलफलको कार्यसूचीमा परेको थियो ।
साभार -काठमाण्डौपाटी 

प्रतिकृया दिनुहोस

खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या बढ्दो

डोटी , माघ ०४ । सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको छ । चालू आर्थिक वर्षको हालसम्म

अत्तरिया महोत्सवमा हरेक दिन जेष्ठ नागरिकलाई सम्मान

अत्तरिया,माघ ३ ।  कैलालीको अत्तरियामा जारी सुदुरपश्चिम प्रादेशिक महोत्सवको आज सातौ दिन पनि दर्शकहरुको उल्लेखिय उपस्थिति रह्यो । लामितालको किनारमा

मकर मेलाको पहिलो दिन गोदावरीमा भक्तजनहरुको घुइँचो

अत्तरिया,माघ १ ।  मकर मेलाको पहिलो दिन सुदूरपश्चिमको प्रशिद्ध धार्मिक तिर्थ स्थल कैलालीको गोदावरी धाममा स्नान गर्नेहरुका भिड लागेको छ  ।