अत्तरिया सामुदायिक अध्यन  केन्द्रको शनिबार हुने भनिएको साधारण सभा स्थगित


अत्तरिया ,असार २२ । 
अत्तरिया सामुदायिक अध्यन  केन्द्रको शनिबार हुने साधारण सभा स्थगित भएको छ   । संस्थकी आजिबन सदस्य धर्मी खड्का लगाएत केहि महिला समुहले अत्तरिया सामुदायिक अध्यन केन्द्रका पदाधिकारीहरुले संस्थालाई मनोमानी ढंगले चलाएको, आर्थिक रुपमा अपादर्शि भएको , सबै संग समन्ब्य नगरि नै  साधारण सभा बोलाईएको बिरोधमा केही दिन अघी  तालाबन्दि गरेका थिए । तालाबन्दी ग रिएप छि ईलाका प्रहरी कार्यालयमा मालाखेतीमा दुबै पक्ष बिच छलफल भए पनि सहमती हुन सकेन । बिरोध गर्ने समुहले   जिल्ला प्रसासन कार्यालय  , जिल्ला समन्वय समिति र सामाजिक विकास मन्त्रालय र  गोदावरी नगरपालिकामा समेत ज्ञापन पत्र बुझाएका छन् ।  गोदावरी नगरपालिकाकी  उपमेयर रत्ना कडायतले यस बिषयमा नगरपालिकामा निबेदन आएको बताईन । नगरपालिकामा ग्यापन पत्र आएपछि  दुई पक्षलाई मान्ने हुने सहमति भएपछि मात्र साधारण सभा गर्न आफुले निर्देशन दिएको उपमेयर कडायतको भनाई रहेको छ । केन्द्रका कार्यबाहक अध्यक्ष टिका दत्त जोशीले बिरोध गर्ने पक्षहरुको माग सम्बोधन गर्न संस्था तयार रहेको बताए । "लिखीत कुनै मागहरु न आएको छैनन", उनले भने -" संस्थाका पदाधिकारी नभएको बेला  एक्कासी कर्मचारीलाई बाहिर बोलाएर दादागिरी शैलीमा ताला लगाएको छ" । जोशीले नगरपालिकाले पनि दुबै पक्ष सँग छलफल नै नगरी एउटा पक्षको  मात्रै कुरो सुनेर साधारण सभा नगर्न भनेर भन्नु जायज नभएको बताए । उनले संस्थामा कुनै हिसास्ब किताब हिनामिना नभएको समेत दाबी गरे ।       
 

प्रतिकृया दिनुहोस

दुर्गालक्ष्मी बहुमुखी क्याम्पस सुदुरपश्चिमान्चल विश्वबिधालयको आंगिक क्याम्पस बनेपछि शैक्षिक गुणस्तरमा सुधार आउने अपेक्षा

अत्तरिया ,साउन १ ।  अत्तरिया क्षेत्रको ठुलो दुर्गालक्ष्मी बहुमुखी क्याम्पस सुदुरपश्चिमान्चल विश्वबिधालयको आंगिक क्याम्पस  बनेपछि आज उदघाटन

शिक्षा क्षेत्रमा सरकारको ठुलो लगानी भएपनी परिणाम आउन सकेको छैन - मुख्यमन्त्री त्रिलोचन भट्ट (भिडियो)

अत्तरिया ,साउन १ ।  मुख्यमन्त्री  त्रिलोचन भट्टले शिक्षा क्षेत्रमा सरकारको ठुलो लगानी भएपनी परिणाम आउन नसकेको बताएका  छन्  । आज अत्तरियामा

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले प्रदेश ७ का १४ सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पसको स्वीकृति दियो

अत्तरिया ,असार १९ ।  सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले प्रदेश ७ का १४ सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पसको स्वीकृति दिएको छ । सोमबार