सातौं बिश्व रेडियो दिवस भब्य रूपमा धनगढीमा मनाईयो

चित्रा नौन्याल-हेमराज भट्ट,धनगढी फागुन १ ।
आज सातौ बिश्व रेडियो दिवस प्रदेश न ७ मा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ बाट प्रत्येक बर्ष फेब्रुअरी १३ मा विश्व रेडियो दिवस मनाउन थालिएको हो । कैलालीको धनगढीमा पनि विभिन्न कार्यक्रम गरि रेडियो दिवश मनाइएको छ । नेपालका स्वतन्त्र रेडियोहरुको साझा संस्था ब्रोडकाष्टींग एसोसिएसन अफ नेपाल वानले धनगढीमा कार्यक्रम गरेको छ । वानको केन्द्रीय समितिको आयोजनामा धनगढी चौराहा देखि रुवश होटेल सम्म विहान ९ बजे प्रभात फेरि पनि गरेको थियो । यस्तै रेडियोको महत्व र योगदान तथा चुनौतिहरुको समिक्षा गर्ने दिनका रुपमा हेरिएको विश्व रेडियो दिवशका अवसरमा अन्र्तक्रिया कार्यक्रम पनि सम्पन्न गरिएको छ । ब्रोडकास्ट एसोसियसन नेपालका केन्द्रीय अध्यक्ष गोपाल कुमार झा को सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अथिति प्रदेश सातका प्रदेश प्रमुख मोहन मल्ल रहनुभएको थियो भने बिशिष्ट अथितिमा पुर्वमन्त्री एवम् माओवादीकेन्द्र सात न प्रदेश संयोजक लेखराज भट्ट रहनुभएको थियो । कार्यक्रमका बोल्दै प्रदेश प्रमुख मल्लले अब बन्ने प्रदेश सरकारले संचार क्षेत्रलाई बिशेष महत्वका साथ हेर्ने बताए । उनले देश विकाशका लागि संचारले अहम भुमिका खेलेको र संचार क्षेत्रमा भैरहेका विभिन्न त्रुटिहरुलाइ सच्याउदै आगामि दिनहरुमा जनताहरुमा सत्य तथ्य सामाचार सम्प्रेषण गर्नमा जोड दिए । अहिलेका स्थानियहरुको रेडियोलाई महत्वपूर्ण सञ्चारमाध्यमको रुपमा सम्मान गर्न, प्रसारकहरु बीचको अन्तर्रा्ष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न निजि तथा समुदायिक रेडियोलाई सूचनाको पहुँचलाई बढावा दिन अब बन्ने प्रदेश सरकारमा आफुले पहल गर्ने उनले बताए । यस्तै कार्यक्रममा बोल्दै बिशिष्ट अथिति सासंद लेखराज भट्टले अझै पनि आम नागरिकहरुमा रेडियोप्रतिको बिश्वास नटुटेकाले आमजनतालाई सहि र सत्य सुचना दिनमा रेडियोकर्मिहरुले पछाढी हट्न नहुने बताए । उनले अहिले सामाजिक संजालहरुमा निकै विकृतिहरु फैलिरहेकाले यसको सहि समाधान गर्न जरुरी रहेको बताए । अहिले अबिश्वासिला र सत्यतथ्य बिनाका खबर एबम् सुचनाहरु समाजिक संञ्जालमा देखिन थालेकाले यसको खबरदारी गर्नुपर्ने उनले बताएका छन् । उनले संञ्चार जगतले देश निर्माण ,प्रदेश निर्माण र गाउठाउ हुने बिकास निर्माणका काममा खबरदारी गर्दै निगरानी बढाउदा ति कुराले तिब्रता पाई विकासका काममा सहज हुने गरेको बताए ।  विश्वमा व्यवसायिक रेडियो प्रशारण सुरु भएको ९८ वर्ष भएको छ । नेपालमा भने रेडियो प्रशारण सुरु भएको ६७ वर्ष पुगेको छ । रेडियो सुन्ने श्रोताको चाहना र आवश्यकता एकातिर र रेडियोका कार्यक्रम र समाचारजन्य सामग्री अर्को्तिर हुने गरेकाले श्रोताको रोजाइबाट रेडियो विस्तारै ओझेलतर्फ विज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । धनगढीमा आयोजित कार्यक्रमको संञ्चालन बानका ७ नं प्रदेश संयोजक एबम् गोदावरी एफएम अत्तरियाका प्रबन्ध निर्देशक गोविन्द रोस्याराले गरेक थिए ।    

 

 

प्रतिकृया दिनुहोस

नेपाल आमाको मुर्तीले पूर्व र पश्चिमलाई जोड्ने छ -जगतगुरु बालसन्त मोहनशरण देवाचार्य

गेटा ,साउन ३ ।  नेपालको प्रमुख जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले तीन करोड नेपाली जनताले अब  नेपाल आमा ढोग्न सुदूरपश्चिम आउनुपर्ने बताएका छन  

जसुलीको मायामा यसरी पागल हुदैछन् लोकपप गायक सुरेश चोखाल

  हेमराज भट्ट , अत्तरिया , साउन ३ । छोटो समयमै नेपाली गित संङगित क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकपप गायक सुरेश चोखालको डिजे बाला लोकपप गित

प्रदेश ७ मा आर्थिक वर्ष २०७४÷७५ को झण्डै पौने ४ अर्ब विकास बजेट फ्रिज

कैलाली , साउन ३ । प्रदेश नम्बर ७ मा आर्थिक बर्ष २०७४÷७५ को झण्डै पौने चार अर्ब बजेट फ्रिज गएको छ । विगतका आर्थिक बर्षहरु झै यस बर्ष पनि प्रदेश ७ मा तीन