नेपाल पत्रकार महासंघद्धारा श्रमजीवी पत्रकारको तलब दोब्बर गराउन माग

काठमान्डौ , असार २५ ।
नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको तलब दोब्बर गराउन माग गरेको छ । पत्रकारको न्यूनमत पारिश्रमिक ४० हजार रुपैयाँ निर्धारण गर्नुपर्ने माग गर्दै आईतवार महासंघले न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदःयसचिव बालकृष्ण घिमिरेलाई पाँच बुँदे मागपत्र बुझाएको हो । नेपाल पत्रकार महासंघका सचिव तथा महासंघको श्रमजीवी हित प्रबर्द्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको टोलीले सदस्य सचिव घिमिरेलाई भेटी उक्त पत्र बुझाएको हो ।

 

मागपत्र बुझाउँदै समितिका संयोजक दाहालले उल्लेखित माग तत्काल पूरा नगरिए आगामी साउन महिनादेखि न्यूनतम पारिश्रमिक निर्धारण समितिविरुद्ध दबाबमूलक कार्यक्रम संचालन गर्ने बताए । महासंघले पारिश्रमिक पुनरावलोकन सिफारिस २०७५ साउन १ गतेदेखि लागू गर्ने गरी सिफारिस प्रतिवेदनमै उल्लेख गर्नुपर्ने, देशभर स्ट्रिन्जरका रुपमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई व्यवःिथत गर्न एउटै मिडियामा ५ वर्ष निरन्तर काम गरिसकेका सबैलाई न्यूनतम पारिश्रमिकको मापदण्डमा ल्याउनुपर्ने, पारिश्रमिक भुक्तानी महिना मरेको पहिलो हप्ताभित्रै बैकिङ प्रणालीबाट गर्ने स्पष्ट मापदण्ड तोकिनुपर्ने र नयाँ पारिश्रमिक लागू भएसँगै संचार प्रतिष्ठानले लागू गरेको प्रमाणित कागजात न्यूनतम पारिश्रमिक निर्धारण समिति वा प्रेस रजिष्ट्रार समक्ष पेश गर्ने प्रावधान राख्न माग गरेको छ । सरकारले लागू गरेको मितिदेखि नयाँ पारिश्रमिक भुक्तान नगर्ने मिडिया हाउसलाई कारबाहीको स्पष्ट आधार खुलाउनुपर्ने माग समेत पत्रकार महासंघको छ ।

 

प्रतिकृया दिनुहोस

यो बर्ष दशैँकाे टिकाको साइत बिहान ९ बजेर २१ मिनेटमा जुर्यो

काठमाण्डौ ,असोज ६ ।  यस वर्षको हिन्दु नेपालीहरुको महान चाड दशैँकाे साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको छ । दशैँको पहिलाे दिन असोज

दशैं अगाढी अग्रिम टिकट बुकिङ खुला नगर्ने यातायात व्यवसायीको अडान

काठमान्डौ , असोज ०५ । दशैं अगाढी अग्रिम टिकट बुकिङ भोलिदेखि नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोषणा गरेको छ । सरकारले पेट्रोलियम

संविधान जारी भएपछि जनताका असिमित चाहना र आंकाक्षा अनुरुप काम गर्न सकिएन - मुख्यमन्त्री भट्ट

धनगढी , असोज ३ ।  संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार प्रदेश नं.७ मा भब्य रुपमा संविधान दिवस मनाइएको छ  ।