माया विकका हत्यारालाई कडा कार्बाहीको माग गर्दै स्थानियद्वारा मुसुरियामा प्रदर्शन

मुसुरिया ,असार २५ । 
कैलाली गौरीगंगा नगरपालिका ११ कि २१ वर्षकी माया विकका हत्यारा लाई कडा कार्बाहीको माग गर्दै आज स्थानियले प्रदर्शन गरेका छन् । सयौको संख्यामा मुसुरियामा जम्मा भएका स्थानियले बिकको हत्यामा सँगलग्न ब्यक्तीलाई कडा कार्बाहीको माग गरेका हुन बिकको हत्या भएको  १३ दिनको तिथिमा श्रद्धाञ्जली सभा गर्दै प्रदर्शन गरेका हुन । मायाको  जबर्जस्ती करणीपछि हत्या अभियोगमा प्रहरीले कैलालीमा ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले गौरीगंगा नगरपालिका ११ शिवपुरका ३० वर्षका गणेश बडु्वाल, २७ वर्षका मनोज बोगटी, २१ वर्षका सुरज चौधरी, २० वर्षका भुवन खाती र १९ वर्षका तपेन्द्र बोगटी रहेका छन् । गएको १२ गते हराएकी बिकको  शब  गौरीगंगा नगरपालिका पञ्चवटी सामुदायक बनमा लास फेला परेको थियो ।  बिकको शब घाँटी र हात बाँधिएको अवस्थामा फेला परेको थियो । बीच जंगलमा दोपट्टाले घाँँटी र सुरुवालले दुवै हात पछाडि बाँधिएको अवस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको थियो ।गौरींगगा नगरपालिका अन्तर्गत वडा कार्यालयमा तथ्यांक सर्भेक्षणमा करारमा कार्यरत माया तथ्यांक संकलनका लागि भनेर घरबाट निस्केकी थिईन् ।घाँटी र हात बाँधिएको अवस्थामा अर्धनग्न अवस्थामा शब भेटिएकाले बलात्कारपछि हत्या भएको हुनसक्ने आशंकामा आफन्तले घटनाको छानविनको माग गर्दै असार १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।  

प्रतिकृया दिनुहोस

नेपाल आमाको मुर्तीले पूर्व र पश्चिमलाई जोड्ने छ -जगतगुरु बालसन्त मोहनशरण देवाचार्य

गेटा ,साउन ३ ।  नेपालको प्रमुख जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले तीन करोड नेपाली जनताले अब  नेपाल आमा ढोग्न सुदूरपश्चिम आउनुपर्ने बताएका छन  

जसुलीको मायामा यसरी पागल हुदैछन् लोकपप गायक सुरेश चोखाल

  हेमराज भट्ट , अत्तरिया , साउन ३ । छोटो समयमै नेपाली गित संङगित क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकपप गायक सुरेश चोखालको डिजे बाला लोकपप गित

प्रदेश ७ मा आर्थिक वर्ष २०७४÷७५ को झण्डै पौने ४ अर्ब विकास बजेट फ्रिज

कैलाली , साउन ३ । प्रदेश नम्बर ७ मा आर्थिक बर्ष २०७४÷७५ को झण्डै पौने चार अर्ब बजेट फ्रिज गएको छ । विगतका आर्थिक बर्षहरु झै यस बर्ष पनि प्रदेश ७ मा तीन