प्रदेश सातको स्थायी राजधानी र नामको बिषयमा अझै छलफल हुन सकेन

धनगढी ,असार २६ ।  
सरकार सँसद बनेको झण्डै ५ महिना बितिसक्दा पनी प्रदेशको नाम र राजधानीका विषयमा प्रदेश ७ को सभामा छलफल हुन सकेको छैन । यो बिषयमा सांसदहरूले पटकपटक माग गर्दा पनि सँसद र सरकारले खासै चासो देखाएको छैन। प्रतिपक्षी कांग्रेसले नाम र राजधानी तोक्न माग गर्दै २७ जेठमा संसद् सचिवालयमा प्रस्ताव नै दर्ता गराएको छ ।तर, यो प्रस्तावमाथि कार्यव्यवस्था परामर्श समितिमा छलफलसमेत भएन । प्रस्तावक कांग्रेसले नै चासो नदेखाएकाले प्रस्तावमाथि छलफल नभएको संसद् सचिवालयको दाबी छ । प्रदेशको नामबारे विभिन्न प्रस्तावमाथि सांसदहरू अनौपचारिक छलफल गर्छन्। खास गरी दलहरुले चुनावको बेला राजधानीको मुदालाई भोट माग्ने बिषय समेत बनाएका थिए । डोटी वा कैलालीको अत्तरिया मध्य एक ठाउँ प्रदेशको राजधानी बन्ने आम बुझाई रहेको पाईन्छ । तर दलहरु भित्रका नेताहरुमा राजधानी धनगढी, डडेल्धुरा वा डोटी लैजाने विषयमा पनि हरेक दलभित्र छुट्टाछुट्टै मत छन् ।  गठबन्धनका यस क्षेत्रका शिर्ष नेताद्वय भिम रावल र लेखराज भट्टले अत्तरिया आसपासमा रहेका सम्भाबित राजधानीका लागी उपयुक्त  ठाउँहरुको केही समय अघी निरिक्षण समेत गरेका छन् । सबैलाई सम्बोधन गरेर सहमतिमा नाम र राजधानीको टुंगो लगाउन सरकारलाई सकस परेको छ । यद्यपि शिर्ष नेताहरुले नै नाम र राजधानी टुण्ग्याएपछि सरकारलाई सुझाब दिने स्रोतले बताएको छ । प्रदेश सातको सरकारले पनि यो बिषयमा सहमतिको गृहकार्य भइरहेको जनाएको छ   ।अहिलेसम्म दुईवटा प्रदेशले मात्रै नाम र राजधानी टुंगो लगाएका छन् । प्रदेश ६ ले  प्रदेशसभाको दोस्रो बैठकबाटै विवादरहित ढंगले प्रदेशको नाम ‘कर्णाली’ र स्थायी राजधानी ‘वीरेन्द्रनगर’ तोकिसकेको छ । त्यस्तै  तत्कालीन प्रदेश नम्बर ४ ले नाम र राजधानी टुंगो लगायो । अघिल्लो साता मात्रै प्रदेश सभाले प्रदेशको नाम ‘गण्डकी’ र स्थायी राजधानी ‘पोखरा’ राख्ने निर्णय गरेको छ ।
 

प्रतिकृया दिनुहोस

कैलालीको बर्दगोरियामा एम्बुलेन्सको ठक्करबाट ३ जना घाइते

गोविन्द बीसी ,कार्तिक २८ बौनिया कैलालीको बर्दगोरिया गाउँपालिका-१ कट्टीपुरमा एम्बुलेन्सको ठक्करबाट ३ जना घाइते भएका छन् ।  बिरामी बोकेर

छुट्टाछुटै दुर्घटनामा परी कैलाली र डोटीमा दुई बालकको ज्यान गयो

कैलाली , कात्तिक २८ । कैलाली र डोटीमा भएको छुट्टाछुटै दुर्घटनामा परी दुई बालकको ज्यान गएको छ । कैलालीको टीकापुरमा ट्याक्टरको ठक्करवाट र डोटीमा

सासंद प्रेम आलेमगरलाई गृहजिल्लामै कालोझण्डा

डोटी , कात्तिक २९ । नेकपाका नेता एबम् प्रतिनिधि सभा सासंद प्रमे बहादुर आलेमगरलाई उनकै गृह जिल्लामा कालो झण्डा देखाइएको छ । मड्गलवार जिल्ला समन्बय