वेल्जियमलाई हराउँदै फ्रान्स १२ बर्षपछि विश्वकप फुटबलको फाइनल प्रवेश

काठमान्डौ , असार २७ ।
वेल्जियमलाई १ – ० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ ।  चालु विश्वकपमा एक खेल पनि नहारेको वेल्जियम गएराति भएको सेमिफाइनल खेलमा फ्रान्ससँग पराजित हुन पुग्यो । फ्रान्सलाई जिताउन एकमात्र गोल खेलको ५१ औं मिनेटमा स्यामुअल उमटीटी ले गरका थिए । वेल्जियमले गोलका केही सुन्दर अवसरहरु पनि सिर्जना गरेको थियो । तर गोल गर्न असफल हुँदा पहिलो पटक फाइनल प्रवेश गर्ने अवसरबाट वञ्चित भयो ।

 

बलमाथि  वेल्जियमको नियन्त्रण बढी भए पनि गोल गर्द खेल जित्न फ्रान्स सफल भयो । यसअघि सन् २००६ मा फाइनल खेलेको फ्रान्स १२ वर्षपछि फाइनल पुगेको हो । उसले सन् १९९८ सालमा विश्वकप जितेको थियो । सन् २००६ को फाइनलमा भने इटलीसँग पराजित भएको थियो । अब उसले उपाधिका लागि इंग्ल्याण्ड र क्रोएसिया बीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

 

 

प्रतिकृया दिनुहोस

साफ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ

साफ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ ।मंगलबार भएको पहिलो खेलमा नेपाल इन्जुरी टाइममा गोल खाँदै पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित

एसिया कप छनोट - नेपाल हङकङसँग तीन विकेटले पराजित

काठमान्डौ , भदौ १९ । मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग तीन विकेटले पराजित भएको छ ।

एसिया कप छनोट - सिंगापुरले नेपाललाई दियो १५२ रनको लक्ष्य

 काठमाडौं भदौ ,१७ । एसिया कप छनोट क्रिकेटमा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । क्वालालम्पुरको