प्रमुख जिल्ला अधिकारीकै अगाडी ओभरसियर माथि हातपात

बैतडी ,असार २७ ।
बैतडीमा एक जना निर्माण व्यवसायीले दशरथचन्द नगरिपालिकाका ओभरसियर माथि हातपात गरेका छन् । जिल्ला प्रशासन कार्यालय बैतडीको प्रमुख जिल्ला अधिकारीकै कार्यकक्षमा बैतडीको पाटन नगरपालिका– ९ सिद्धेश्वरका निर्माण व्यवसायी रामशरण भट्टले ओभरसियर भक्तराज भट्टलाई झापड हानेको हुन् । प्रशासन कार्यालयमा सडक सम्बन्धीको छलफल चलिरहेका बेला सिडियोको अगाढी निर्माण ब्यवसायी भट्टले झापड हानेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक नेत्रमण गिरीले जानकारी दिए ।झापड हान्ने भट्टलाई नियन्त्रणमा लिएको उनले बताए । प्रशासनमै हातपात गर्ने निर्माण व्यवसायीका विरुद्ध सार्वजनिक मुद्धा चलाइने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए । अहिले दशरथचन्द नगरपालिकामा कार्यरत ओभरसियर तत्कालीन जिल्ला विकास समितिमा हुदाँ काम गर्न आदेश दिई भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले हातपात गरेको प्रत्यक्षदर्शीले बताए ।

 

प्रतिकृया दिनुहोस

नेपाल आमाको मुर्तीले पूर्व र पश्चिमलाई जोड्ने छ -जगतगुरु बालसन्त मोहनशरण देवाचार्य

गेटा ,साउन ३ ।  नेपालको प्रमुख जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले तीन करोड नेपाली जनताले अब  नेपाल आमा ढोग्न सुदूरपश्चिम आउनुपर्ने बताएका छन  

जसुलीको मायामा यसरी पागल हुदैछन् लोकपप गायक सुरेश चोखाल

  हेमराज भट्ट , अत्तरिया , साउन ३ । छोटो समयमै नेपाली गित संङगित क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकपप गायक सुरेश चोखालको डिजे बाला लोकपप गित

प्रदेश ७ मा आर्थिक वर्ष २०७४÷७५ को झण्डै पौने ४ अर्ब विकास बजेट फ्रिज

कैलाली , साउन ३ । प्रदेश नम्बर ७ मा आर्थिक बर्ष २०७४÷७५ को झण्डै पौने चार अर्ब बजेट फ्रिज गएको छ । विगतका आर्थिक बर्षहरु झै यस बर्ष पनि प्रदेश ७ मा तीन