दार्चुलामा बाढीपहिरोले बितण्डा मच्चायो

दार्चुला ,असार २८ ।  
दार्चुलामा बाढीपहिरोले उग्र रुप लिएको छ  । गए राति परेको भारी वर्षाका कारण दार्चुलामा विभिन्न नदी खोलाहरूमा पानीको बहाव बढेको छ । पानी निरन्तर रहेकोले  विभिन्न स्थानमा पहिरो तथा बाढीले क्षति गरेको छ । जिल्लाको  नौगाड खोलामा पानीको बहाव बढेपछि नदीले जमिन कटान गरिरहेको छ भने आधा दर्जन घरहरूमा क्षति पुर्‍याएको छ ।  खोलाहरूमा लगाइएको काठेपुलहरू समेत बगाइदिएको छ ।नौगाड गाउँपालिका वडा नम्बर ४ कपडेका लालमणि ठगुन्नाका दुई वटा घरमा पहिरोले क्षति पुर्‍याएको छ भने मनवीर ठगुन्नाको एउटा पसल बगाएको छ ।धुलीगडा, गोगने, सौकेबगर खार सडकको ठाउँ ठाउँमा पहिरो गएपछि एक ठाउँबाट अर्को ठाउँ जाने सडक सञ्जाल अवरुद्ध भएको छ ।   बाढी तथा पहिरोले क्षति पुर्‍याएका ती बस्तीहरूमा सञ्चार सेवा पनि  अवरुद्ध भएको छ । उता महाकाली र  चमेलिया नदीमा  पानीको बहाव खतराको लेबलमा पुगेको छ । 

प्रतिकृया दिनुहोस

गोदावरी एफ एमका समाचार प्रमुख हेम राज भट्टले बेसाहाराहरुको साहारा घरमा मनाए आफ्नो जन्म दिन

अत्तरिया , असोज ०५ । कैलालीको अत्तरियामा लामो समयदेखी बिभिन्न क्षेत्रमा कलम चलाउदै आएका पत्रकार हेमराज भट्टले आज आफ्नो जन्मदिन बेसाहाराहरुको माझ

कञ्चनपुरमा ७ वर्षीया बालिकालाइ बलत्कार गरेको आरोपमा १० वर्षीय बालक पक्राउ

कञ्चनपुर , असोज ०५ । स्कूलको कक्षाकोठामै बलात्कार गरेको आरोपमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका एक बालकलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको

जोशीपुरका व्यापारीको हत्यामा संलग्न तीन जना पक्राउ , प्रहरीद्धारा सार्वजनिक

धनगढी , असोज ०४ । गत भदौ २८ गते राती कैलालीको जोशीपुरमा भएको व्यापारीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ परेका तिनै जनालाई