सामूहिक बलात्कारपछि हत्याका अभियुक्तहरुलाई उन्मुक्ति दिन खोजेको पीडित परिवारको आरोप

धनगढी ,असार २८ । 
सामूहिक बलात्कारपछि हत्याका अभियुक्तहरुलाई उन्मुक्ति दिन खोजेको भन्दै एक  पीडित परिवारले चिन्ता ब्यक्त  गरेका छन् ।कैलालीको  गौरीगंगा नगरपालिका–११ कि २१ वर्षीया माया बिककोपरिवारले आज धनगढीमा आयोजित पत्रकार सम्मेलन को आयोजना गरी यस्तो चिन्ता ब्यक्त गरेका हुन ।  मृतक मायाकी आमा देउसरा विकले भनिन्–‘जो घटनाको मूख्य योजनाकार हो, उसैलाई राजनीती गर्ने ब्यक्तीहरुले  संरक्षण दिने काम गर्दैछन् " । "राज्यले अपराधीहरुलाई कानुनी कारवाही गर्न सक्दैन भने उनीहरुलाई खुला गरोस् । हामी आफ्नै तरिकाले कारवाही गर्छौं र कानून नै हातमा लिन्छौं" - उनले भनिन् । गत असार १२ गते सामूहिक बलात्कारपछि मायाको  हत्या गरिएको  थियो । हत्यामा संलग्न रहेको भन्दै प्रहरीले पाँच जनामाथि मुद्धा चलाएको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीले घटनाको मुख्य योजनाकार भन्दै गौरीगंगा नगरपालिका–११ शिवपुरका ३० वर्षीय गणेश बडुवालसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै, शिवपुरकै २७ वर्षीय मनोज बोगटी, गौरीगंगा नपा–११ अीठाका २१ वर्षीय सुरज चौधरी, शिवपुरकै २० वर्षीय भुवन खाती र १९ वर्षीय तपेन्द्र बोगटी विरुद्ध सामूहिक बलात्कार र कर्तव्य ज्यान अन्तरगत जाहेरी दर्ता गरी अनुसन्धान थालिएको छ ।  असार १२ गतेदेखि वेपत्ता रहेकी मायाको शव प्रहरीले असार १५ गते नजिककैको एक स्थानिय  सामुदायिक वनमा फेला परेको थियो ।

प्रतिकृया दिनुहोस

गोदावरी एफ एमका समाचार प्रमुख हेम राज भट्टले बेसाहाराहरुको साहारा घरमा मनाए आफ्नो जन्म दिन

अत्तरिया , असोज ०५ । कैलालीको अत्तरियामा लामो समयदेखी बिभिन्न क्षेत्रमा कलम चलाउदै आएका पत्रकार हेमराज भट्टले आज आफ्नो जन्मदिन बेसाहाराहरुको माझ

कञ्चनपुरमा ७ वर्षीया बालिकालाइ बलत्कार गरेको आरोपमा १० वर्षीय बालक पक्राउ

कञ्चनपुर , असोज ०५ । स्कूलको कक्षाकोठामै बलात्कार गरेको आरोपमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका एक बालकलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको

जोशीपुरका व्यापारीको हत्यामा संलग्न तीन जना पक्राउ , प्रहरीद्धारा सार्वजनिक

धनगढी , असोज ०४ । गत भदौ २८ गते राती कैलालीको जोशीपुरमा भएको व्यापारीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ परेका तिनै जनालाई