क्षेत्रिय ट्राफीक प्रहरी कार्यालय अत्तरियाद्धारा चालुु आर्थिक वर्षको जेठ मसान्तसम्म ३ करोड ११ हजार राजश्व संकलन

अत्तरिया , असार २८ ।
प्रदेश नं ७ मा ट्राफिक नियम उल्लघनका घटनाहरु बढ्दै जान थालेका छन् । सुदुरपश्चिमाञ्चल क्षेत्रिय ट्राफीक प्रहरी कार्यालय अत्तरियाले गत आर्थिक वर्ष २०७३÷७४ भन्दा चालु आर्थिक वर्ष २०७४÷७५ को जेह  मसान्तसम्म राजश्व संकलन बृद्धि भएको जनाएको छ ।

 

आर्थिक वर्ष २०७३÷७४ मा २ करोड ७५ लाख २३ हजार राजश्व संकलन गरेको कार्यालयले यो आर्थिक बर्षको  जेठ मसान्त सम्ममा ३ करोड ११ हजार राजश्व संकलन गरेको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयका अत्तरियाका सुचना अधिकारी एबम् प्रहरी निरिक्षक टेक बाहादुर जोराले जानकारी दिए । गत आर्थिक वर्ष ७३÷७४ मा ४७ हजार ७ सय ३६ वटा सवारीसाधन कारवाहीमा परेकोमा चालु आर्थीक वर्षको जेठ मसान्त सम्ममा ५२ हजार ३ सय ४६ सवारी साधन कारर्वाहीमा परेको उनले बताए ।  

 

उनका अनुसार ७ नं प्रदेशका सबै जिल्लाहरुमा चालु आर्थिक बर्षमा सबै भन्दा बढी कारर्वाहीमा पर्ने सवारीसाधनमा मोटरसाईकल रहेका छन् । गत आर्थिक बर्षको भन्दा ७ नं प्रदेशमा सवारी दुर्घटनामा केहि कमी आएको छ । गत आर्थिक वर्ष २०७३÷७४ मा प्रदेशका बिभिन्न ठाउमा ठुला साना गरि २२५ सवारी साधनहरु दुर्घटनामा परेकोमा चालु आर्थिक बर्षको जेठ मसान्त सम्म २०१ सवारी साधनहरु दुर्घटनामा परेको उनले बताए ।

प्रतिकृया दिनुहोस

नेपाल आमाको मुर्तीले पूर्व र पश्चिमलाई जोड्ने छ -जगतगुरु बालसन्त मोहनशरण देवाचार्य

गेटा ,साउन ३ ।  नेपालको प्रमुख जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले तीन करोड नेपाली जनताले अब  नेपाल आमा ढोग्न सुदूरपश्चिम आउनुपर्ने बताएका छन  

जसुलीको मायामा यसरी पागल हुदैछन् लोकपप गायक सुरेश चोखाल

  हेमराज भट्ट , अत्तरिया , साउन ३ । छोटो समयमै नेपाली गित संङगित क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकपप गायक सुरेश चोखालको डिजे बाला लोकपप गित

प्रदेश ७ मा आर्थिक वर्ष २०७४÷७५ को झण्डै पौने ४ अर्ब विकास बजेट फ्रिज

कैलाली , साउन ३ । प्रदेश नम्बर ७ मा आर्थिक बर्ष २०७४÷७५ को झण्डै पौने चार अर्ब बजेट फ्रिज गएको छ । विगतका आर्थिक बर्षहरु झै यस बर्ष पनि प्रदेश ७ मा तीन