नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

दार्चुला , असार २९ ।
नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । दार्चुलाको सदरमुकाम खलंंगामा नेपाल र भारत दुबै पक्षको तर्फबाट पूर्व निर्धा्रित एजेन्डाहरुको विषयमा छलफल गर्दै नियमित सीमा सुरक्षा बैठक विहिवार साझ सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजनामा दार्चुला, बैतडी र भारतको पिथौरागढ जिल्लाका अधिकारीहरु सम्मेलित बैठकमा मुख्यतया बिपद् ब्यबस्थापन, सीमा अपराध र सीमा सुरक्षाका बिषयमा छलफल केन्द्रीत भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिए । बैठकमा नेपाली पक्षको तर्फबाट १३ र भारतिय पक्षको तर्फबाट ११ एजेन्डामा छलफल भएको हो ।

 

बैठकमा यसअघिको सिमा सुरक्षा बैठकमा भएका सहमतिहरु कार्यान्वयनको समिक्षा, खोतिला पहिरो र धौलीगंगा बाधको विषय, सीमा सुरक्षाको अवस्था, सीमामा हुने अपराध, चोरीसिकारी वन्यजन्तु तस्करी, मानव वेचबिखन, लागू औषध ओसारपसार, सीमा जोडिएका क्षेत्रमा सुरक्षा समन्वय, सूचना आदानप्रदान, प्रस्तावित झोलुंगे पूल, त्रिदेशीय सिमामा हुनसक्ने सुरक्षा चुनौतिलगायत बिषयमा समेत छलफल गरिएको उनले बताए ।

 

नेपाल भारत सिमा पुल खोल्ने समयको विषयमा आवश्यकताअनुसार सहजिकरण गरिदिन भारतीय पक्षसंग सहमति भएको छ । खोतिला पहिरो ब्यबस्थापन गर्न मनसुन पछि सेप्टेम्बर १५ पछि काम गरेर जुलाइ ३१ सम्म काम गर्नेगरी भारतिय जिल्ला प्रमुखले बैठकमै निर्देशन गरीसकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

गोदावरी एफ एमका समाचार प्रमुख हेम राज भट्टले बेसाहाराहरुको साहारा घरमा मनाए आफ्नो जन्म दिन

अत्तरिया , असोज ०५ । कैलालीको अत्तरियामा लामो समयदेखी बिभिन्न क्षेत्रमा कलम चलाउदै आएका पत्रकार हेमराज भट्टले आज आफ्नो जन्मदिन बेसाहाराहरुको माझ

कञ्चनपुरमा ७ वर्षीया बालिकालाइ बलत्कार गरेको आरोपमा १० वर्षीय बालक पक्राउ

कञ्चनपुर , असोज ०५ । स्कूलको कक्षाकोठामै बलात्कार गरेको आरोपमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका एक बालकलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको

जोशीपुरका व्यापारीको हत्यामा संलग्न तीन जना पक्राउ , प्रहरीद्धारा सार्वजनिक

धनगढी , असोज ०४ । गत भदौ २८ गते राती कैलालीको जोशीपुरमा भएको व्यापारीको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ परेका तिनै जनालाई