आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

अत्तरिया , असार २९ ।

आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । भानु जयन्तीको अवसरमा देशका बिभिन्न ठाउ लगाएत दार्जि्लिङ, सिक्किम नेपालीभाषी रहेका अधिकांश क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रमहरु हुँदैछन् । यता अत्तरियामा रहेको प्रतिभा पुस्तकालयले पनि विशेष कार्यक्रम गरिरहेको छ ।

 

वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्त जन्मिएकाथिए । उनले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थिए । उनका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’  ‘वधूशिक्षा’ , ‘रामगीता’ तथा दर्जनौँ साहित्यिक कृति प्रकाशित छन् । आचार्यले लेखेका पाण्डुलिपिलाई संग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशन गरेर नेपाली जगतमा चिनाएका हुन् ।

 

प्रतिकृया दिनुहोस

तराई–मधेसमा छठ पर्वको रौनक

धनगढी,कार्तिक २७।  तराई–मधेसमा छठ पर्वको रौनक छाएको छ । कात्तिक शुक्लपक्ष अर्थात्  भोलि मनाइने छठ पर्वको रौनक सहरदेखि ग्रामीण क्षेत्रसम्म

छठ पर्वको मुख्य दिन आज , अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै

काठमाडौँ, कात्तिक २७ । छठ पर्वको मुख्य दिन मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमै भाइटीका लगाए

काठमाडौं,कार्तिक २३  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमै भाइटीका लगाएका छन् । उनले दुई जेठी बहिनी विष्णुमाया ढकाल र माहिली