गुणस्तरिय शिक्षा र बिधालयको स्तरोउन्तीका लागी सप्ताहा ज्ञान माहायज्ञ एबम् धार्मीक माहामहोत्सव सुरु

हेमराज भट्ट ,अत्तरिया , फागुन २ ।
कैलालीको गोदावरी नगरपालिकाको बडा नं ४ को खैरानामा मङ्गलवारदेखि श्रीमद्भागवत सप्ताहा ज्ञान माहायज्ञ एबम् ग्वासी समैजी धार्मीक माहा महोत्सवको सुरु भएको छ । महाशिवरात्रिको अवसर पारेर ग्वासी समैजी धार्मीक माहामहोत्सव मुल आयोजक कमिटिले खैराना स्थित सरस्वती प्राथामिक बिधालयकाको प्रङ्गणमा आयोजना गरेको सप्ताहा ज्ञान माहायज्ञको मङ्गलवार एक औपचारिक कार्यक्रमका बिच समुद्घाटन गरिएको छ । मुल आयोजक किमिटिका संयोजक हर्क वाहादुर शाहाको सभापतित्वमा सुरु भएको सप्ताहा ज्ञान माहायज्ञको उद्घाटन गोदावरी नगरपालिकाका उपप्रमुख रत्ना कडाएतले गर्नुभएको हो । २०४६ सालामा खैराना गाउमा स्थापना भएको सरस्वती प्राथामिक बिधालयको स्तरोउन्तीमा कुनै पनि निकायको ध्यान जान नसकेको भन्दै बिधालयले गुणस्तरिय शिक्षा र बिधालयको स्तारोेउन्नतिका लागी सप्ताहा ज्ञान माहायज्ञको आयोजना गरिएको आयोजक कमिटिका संयोजक शाहाले जानकारी दिए । समुद्घाटनसत्रमा बोल्दै उनले सरस्वती प्राथामिक बिधालय संगै स्थापना भएका बिधालयहरु अहिले उच्च मा.बि सम्म पुगिसकेको अबस्थामा सो बिधालय भए आर्थिक अभाव र संम्बन्धित निकायको ध्यान जान नसक्दा ओझेलमा परेको बताए ।

शिक्षा आजको आति नै आबश्यकता भैसेको छ उनले भने स्थानिय आफ्नै गाउ ठाउमा रामो्र शिक्षा दिक्षा दिन स्थापित बिधालयहरु संम्बन्धित निकायको ध्यान नजादा बन्द हुने अबस्थाका छन् । अब स्थानिय तहहरुमा जनप्रतिनिधिहरु आईसकेकाले गोदावरी नगरपालकामा रहेका सरस्तती प्रा.बि जस्ता अन्य बिधालयहरुको गुणस्तरिय शिक्षाका लागी जनप्रतिनिधिहरुको ध्यान जानुपर्नेमा उनले जोड दिए । गाउघरमै गुणस्तरीय शिक्षा ,धर्म कला र संस्कृतिको रक्षा भन्ने यस माहामहोत्सको मुल नारा रहेको भन्दै उनले आजवाट सुरु भएको माहायज्ञले धर्म कलाको संरक्षण गर्नुका साथै  यहावाट उठेको रकमले बिधालयको स्तरोउन्नती गर्नमा खर्च गरिने बताए । कार्यक्रममा बोल्दै प्रमुख अथिति रहेकि गोदावरी नगरपालिकाकि उपप्रमुख रत्ना कडायतले मानव जिवनमा गास ,वास ,कपास संगसंगै शिक्षा पनि अतिरिक्त आबश्यकता भित्र रहेको बताइन् । उनले गोदावरी नगरपालिका भित्र रहेका बिभिन्न पुराना सामुदायिक बिधालयहरुको आर्थिक अभावलेओभलेलमा परेको आफुले पनि देखिसकेकाले यि बिधालयहरुको बिकासका लागी आफुले पहल गर्ने बताइन् । अब हामी गोदावरी नगरपालिका भित्र रहेका सबै बिधालयहरुका एक मुष्ट डाटा राख्न सबै बिधालयहरुको अनुगमन गछौ उनले भनिन् गोदावरी नगरपालिकाका कुनै पनि बिधालयहरु आर्थिकका कारण बन्द हुनुपर्ने अबस्था आउने छैन् । उनले नगरपालिका भित्र रहेका सबै बालबालिकाहरुमा शिक्षाको सहज पहुच पुञ्याउनका लागी नगरपालिका भित्रका बिधालयकहरुको शैक्षिक गुणस्तरमा सुधार , पूर्वाधार बिकास र बिधालयको सर्वाड्गिण बिकासका लागी आफुले पहल गर्ने बताइन् । 

गाउटोलमा रहेका बालबालिकाहरुलाई सस्तो र सुलब रुपमा गुणस्तीय शिक्षा प्रदान गर्ने उध्ेश्यका साथ स्थापना भएको सरस्वती प्रा.बि हाल आर्थिक अभावका कारणले संञ्चालनमा निकै कठिनाई भैरहेकोे बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्र बाहादुर सिंहले बताए । उनले बिधालयको स्तारोउन्नतिका लागी कुनै पनि निकायवाट सहयोग प्राप्त हुन नसकेपछि अहिले बिधालयका गतिबिधिहरु अघि बढाउन धौ धौ भईरहेको दुखेसो पोखे । उनले नगरपालिको कार्यालयमा लगाएत बिभिन्न निकायमा सहयोगका लागी आफु गएको भएपनि सहयोग गर्ने आश्वासन मात्रै पाएको तर सहयोग कहिवाट प्राप्त नभएको बताए । कक्षा ५ सम्म पढाई हुने यस बिधालयमा छात्र र छात्रा गरि अहिले १६२ जना बालबालिकाहरु अध्यान गरिरहेको र ७ जना शिक्षकहरु अध्यापन गराईरहेका छन् उनले भने । गाउघरमै गुणस्तरीय शिक्षा ,धर्म कला र संस्कृतिको रक्षा भन्ने यस मुल नाराका साथ ७ दिन सम्म चल्ने सप्ताहामा सनातन हिन्दु धर्मका प्रचारक एबम् राष्ट्रिय कथा बाचक भगवत् शरण माहाराजले कथा बाचन गर्नुहुने छ । बिधालयमा प्रध्यानाध्यापक बुद्धिराम चौधरीले स्वागत गर्नुभएको समुद्घाटन समाहरो कार्यक्रमको संञ्चालन मुल आयोजक कमिटिका सचिब शेर वाहादुर बिष्टले गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस

कक्षाकोठामै विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालयको दैनिक पठनपाठन प्रभावित

गोविन्द बीसी , कैलाली असार ४ कैलाली–शिक्षकले कक्षामा पढाउदै गर्दा कक्षाकोठामै विद्यार्थी मुर्छा पर्न थालेपछि कैलालीको एक विद्यालयको दैनिक

नेपाल विद्यालय कर्मचारी परिषदको अध्यक्षमा पुनः बहादुर खड्का , निजामती कर्मचारी सरहको सुविधाका लागि ‘काठमाडौं जाउँ अभियान’ चलाइने

अत्तरिया , असार १ । नेपाल विद्यालय कर्मचारी परिषदको अध्यक्षमा पुनः बहादुर खड्का निर्वाचित भएका छन् । काठमाडौंको थापाथली स्थित अन्नपूर्ण चुल्होमा

बालकल्याण माविको १६ औं वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न

गोविन्द बीसी , अषाढ १ लम्की कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर९१ लम्की भुरुवा स्थित बालकल्याण माध्यमिक बिद्यालयको १६ औं वार्षिकोत्सब तथा