प्रदेश ७ को कञ्चनपुर पूर्ण खोप सुनिश्चिता जिल्ला भएको घोषणा

कन्चनपुर ,असार ३० । 
प्रदेश ७ को कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमका बीच जिल्ला खोप समन्वय समितिले कञ्चनपुरलाई पुर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गरेको हो ।प्रदेश नम्बर ७ का सामाजिक विकास मन्त्री दिर्घ सोडारीको उपस्थितीमा  जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषित गरिएको हो । कार्यक्रममा  प्रमुख अतिथी  रहेका मन्त्री सोडारीले प्रदेशको स्वास्थ्य सुधारका लागि सरकार गम्भिर रहेको बताए । उनले  आगामी आर्थिक बर्षको बजेटमा सेती  अस्पताल , महाकाली अञ्चल अस्पताल  र सुदुर पश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय  सुधारका लागि  सम्बोधन गरिएको बताए  । यस्तै  प्रदेश सभा सदस्य महेश दत्त जोशीले कन्चनपुर  जिल्ला खोप  सुनिश्चिता जिल्ला घोषणा भएकोले  अब शिशुहरु खोप बाहिर रहनुपर्ने बाध्यता हटेको बताए ।  प्रदेशको स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न योजनाका विषयमा छलफल भईरहेको उनको भनाई रहेको छ । यसै  बिच   जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका खोप अधिकृत भोजराज भट्टले जन्मेदेखि १५ महिनासम्मका बालबालिकाले पाउने ११ प्रकारका खोप पाईसकेको बताए   । खोप अधिकृत भट्टले भने - शिशु जन्मने वित्तिकै क्षयरोग बिरुद्धको (बिसीजी), भ्यागुते, धनुष्टङकार, लहरे, हेपाटाईटिस लगायतका सबै खोप दिएका छौं ।  कञ्चनपुरमा १० हजार पाँच सय ८० बालबालिकालाई खोप दिईएको बताए ।
 

प्रतिकृया दिनुहोस

महिनावारी भएको बेला प्याडको विकल्प ‘मेन्सट‍्रुवल कप’

काठमाण्डौ ,असोज ६ ।  महिनावारी भएका किशोरी वा महिलालाई निकै नै गाह्रो हुन्छ । प्रायःले यस्तो बेला प्याड प्रयोग गर्ने गर्छन् । अब भने विकल्पको रूपमा

उपचार छोडेर चिकित्सकहरुले स्वास्थ्य संस्थाहरु ठप्प पारे

धनगढी ,भाद्र १७ ।  नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेकको सेवा समेत ठप्प पारिएको छ।डाक्टर तथा

नेपाल चिकित्सक संघद्धारा आन्दोलनको घोषणा

काठमान्डौ, भदौ१६ । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको छ ।  सरकारले ऐन संशोधनको प्रक्रिया अघि नबढाएको र