डा. गोविन्द केसीको समर्थनमा धनगढीमा पनि प्रदर्शन

धनगढी ,असार ३० ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा  धनगढीमा पनि प्रदर्शन गरिएको छ । आम नागरीक समुहको नाममा  शनिबार धनगढीको एलएन चौकमा प्रदर्शन गरिएको हो ।प्रदर्शनमा स्थानिय  नागरिक अगुवा, चिकित्सक, सर्वसाधारण लगायत विभिन्न पेशा व्यवसायमा आवद्ध ब्यक्तिहरु  सहभागी थिए ।प्रदर्शनमा सहभागिहरुले नागरिक आवाज दवाउन पाईदैन, माफियामुखी चिकित्सा ऐन चाहिदैन लेखिएका व्यानर तथा प्ले कार्ड बोकेका थिए । उनिहरुले मौन प्रदर्शन गरेका हुन । 
 

जुम्लाबाट केसीले के भने  ?

 
चिकित्सा शिक्षा विधेयकमा गरिएको परिमार्जनको विरोधमा जुम्लामा अनशनरत डा. गोविन्द केसीले आफ्ना माग जस्तोको जस्तै पूरा नभएसम्म आफ्नो सत्याग्रह नतोड्ने बताएका छन् ।

जुम्लामा शनिबार आफ्ना समर्थकलाई सम्बोधन गर्दै डा. केसीले सरकारले विभिन्न बहाना बनाएर आफ्नो सत्याग्रह तोडाउने प्रयास गरेको आरोप लगाए ।

‘सरकार विभिन्न बहानाबाजी गरेर मलाई यहाँबाट उठाएर लैजाने र सत्याग्रह तोडाउने प्रयासमा छ’ जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा. केसीले भने, ‘मेरो स्वास्थ्यका बारेमा चिन्ता भएकै हो भने माग पूरा गर ।’

डा. केसीले अहिलेको सरकार आफूलाई भोट दिएका जनताको हक हितमा लाग्नु पर्नेमा उनीहरुहको हित विरुद्ध लागेको बताए ।   
 

प्रतिकृया दिनुहोस

डा गोविन्द केसीले आगामी १७ गतेदेखि आमरण अनसन सुरु गर्ने

काठमाण्डौ,पुष २ ।   सरकारले माग पूरा नगरेको भन्दै डा गोविन्द केसीले आगामी १७ गतेदेखि आमरण अनसन सुरु गर्ने भएका छन्। सरकारलाई माग पूरा गर्न पटकपटक समय

निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय वासिन्दा लाभावान्तित

कन्चनपुर,पुष १ ।  भीमदत्त नगरपालिका वडा नं. ९ खल्ला टुँडिखेलका तीन सय वासिन्दाले निःशुल्क स्वास्थ्य शिविरबाट स्वास्थ सेवा लिएका छन् । भीमदत्त

ग्यास्ट्रिक भनेर धेरै झुक्किने बेग्लै रोग : जिइआरडी (रिफ्लक्स)

काठमाण्डौ -  पेट दुख्ने, पेट फुल्ने, पेट असजिलो हुने, मुख नमिठो हुने, खाना नपच्ने, खानसाथ दिसा लाग्ने, केही चिज खाएपछि अमिलो डकार आउने या छातिको बीचतिर